February 24, 2025, 6:37 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

आफ्नो जित घोषणा गर्दै ट्रम्पले भने- अमेरिकाका लागि यो ‘स्वर्ण युग’ हुनेछ

कार्तिक २१, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं : रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूलाई विजयी घोषणा गरेका छन्। पछिल्लो मतपरिणामअनुसार ट्रम्पको जित सुनिश्चित भएको हो। उनले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै आफ्नो जित सुनिश्चित गरेका हुन्।

जित सुनिश्चित भएपछि उनले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन्। उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। ‘यो अमेरिकी जनताको शानदार जित हो। यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने।

उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ। चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली उनको कानलाई छुँदै गएपछि उनी बाँच्न सफल भएका थिए।ट्रम्पले ह्वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन्। राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्त्वपूर्ण काम हेको बताउँदै उनले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता गरे। भाषणका क्रममा उनले एक्स(ट्वीटर)का मालिक एलन मस्कको प्रशंसासमेत गरेका थिए। उनले मस्कलाई रिपब्पलिकन पार्टीका ‘नयाँ स्टार’को घोषणा गरेका थिए।

प्रतिक्रिया