February 24, 2025, 6:26 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

अमेरिकामा जितनजिक ट्रम्प, रिपब्लिकनले सिनेटमा ल्यायो बहुमत

कार्तिक २१, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

वासिङ्टन- अमेरिकामा जारी राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जितनजिक पुगेका छन् ।

सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बनेका उनी सन् २०२० मा डेमोक्रेटिकका जो बाइडनसँग पराजित भएका थिए । तर उनले तेस्रो पटकको प्रतिस्पर्धामा राष्ट्रपतिको कुर्सीमा फर्किने करिब निश्चित गरेका छन् ।

राष्ट्रपतिमा ट्रम्प अघि चलिरहँदा रिपब्लिकन पार्टीका लागि अर्को खुसीको खबर आएको छ । संसदको उच्च सदन- सिनेटमा रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ।

पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो संख्या बहमुतभन्दा माथि पुर्‍याएको हो। यसका साथै अब सदनमा रिपब्लिकन पार्टीका ५१ र डेमोक्रेट पार्टीका ४९ सांसद भएका छन् ।

ओहायोबाट डेमोक्रेट पार्टीका सिनेटर शेरोड ब्राउन आफ्नो चौथो कार्यकालका लागि लडिरहेका थिए । तर यहाँ उनलाई लग्जरी कार डिलर तथा रिपब्लिकनका प्रत्याशी बर्नी मोरेनोले हराइदिएका हुन् ।

यसअघि सिनेटर जो मेन्शिन तेस्रोको रिटायरमेन्टपछि खाली भएको सिटमा वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले कब्जा जमाएका थिए । यसका साथै रिपब्लिकन पार्टीलाई सिनेटमा बहुमत लिएको हो ।

प्रतिक्रिया