पोखरा, । पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो ।
प्रहरीले रास्वापाका कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया