December 27, 2024, 1:50 am
» स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ » सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री » तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु » जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित चार जनालाई म्याद थपका लागि अदालतमा पेश

कार्तिक २०, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो ।

यस अगाडि २ पटक पूर्वगृहमन्त्री लामिछानेमाथि किर्तेसहित संगठित अपराधमा अनुसन्धान गर्न अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। अदालतले दिएको म्याद समाप्त भएपनि तिहार बिदाका कारण लामिछानेलाई आज मात्र अदालतमा पेस गरिएको हो । म्याद थप भएको अवस्थामा उनलाई तिहार बिदाको दिनसमेत गणना गरेर म्याद थप हुनेछ।

कास्की अदालतबाट आज म्याद थप नभएमा यस अघि रुपन्देहीबाट जारी भएको पक्राउ पुर्जाको आधारमा लामिछानेलाई पक्राउ गरी रुपन्देही ल्याउने योजनामा प्रहरी छ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएपछि रूपन्देहीका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएका छन् ।

रुपन्देहीबाट लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो। लामिछानेमाथि सङ्गठित अपराधसँगै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको छ।

प्रतिक्रिया