February 24, 2025, 6:23 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

कार्तिक १९, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं : पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी-लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा आएपछि उक्त क्षेत्रका बासिन्दाहरू त्रसित भएका छन्। इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएको बताए।एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ। ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौं मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।

प्रतिक्रिया