February 25, 2025, 4:41 am
» अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब

दैलेखमा चट्याङ लागेर ६ जना घाइते, एकको अवस्था गम्भीर

कार्तिक १९, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौँ । दैलेखमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । आज अपराह्न ४ : ३० बजे भगवतीमाई गाउँपालिका ५ सङखोलमा गोठाला गएका बालिकालाई चट्याङ लागेको हो ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (डीएसपी)सुनिल दाहालका अनुसार चट्याङ लागेर १४ बर्षीया विपना थापा मगर, १६ वर्षीया संगीता थापा मगर, वर्ष १५ कृष्णा थापा मगर, ११ बर्षीया करिस्मा थापा मगर, १५ बर्षीया सम्झना थापा मगर र वर्ष १३ की चेतना थापा मगर रहेका छन् ।अनुसार घाइते मध्ये संगीताको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया