February 25, 2025, 7:20 am
» प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कार्तिक १९, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

राजविराज (सप्तरी),  : जिल्लाको कञ्चनरुप नगरपालिका-४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनरुप नगरपालिका-४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको छन् । बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।

प्रतिक्रिया