February 25, 2025, 7:10 am
» राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव

डिभी भर्ने समय दुई दिन थपियो

कार्तिक १९, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौं : अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ। यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप  गरेर कार्त्तिक २२  सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।दूतावासले असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो। डिभी कार्यक्रममा सहभागी हुन नि:शुल्क फारमको व्यवस्था गरिएको छ। अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ।

प्रतिक्रिया