January 28, 2025, 10:01 pm
» मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली » क्रान्तिकारीका अध्यक्षका ३ उम्मेदवारले भने, ‘मतगणना बाल्मिकीमा नै गरिनुपर्छ’ » साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग » रुखबाट खसेकी महिलाको निधन » स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ

अपूर्व भीडपछि २२ गतेसम्म लम्ब्याइयो मातातीर्थ व्यापार महाेत्सव (भिडियो सहित)

कार्तिक १८, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौं  । चन्द्रागिरि नगरपालिका-६ बालागाउँकाे मातातिर्थ चाैरमा जारी चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सवको चहलपहल दिनहुँ बढ्दै गएपछि आम दर्शक र आगन्तुककाे मागलाई ध्यानमा राखि आयोजकले महोत्वसको अवधि थप गरेका छन् ।

कात्तिक २ गतेदेखि सुरु भएको महोत्सव कार्तिक १५ गतेसम्म जारी रहने भनिएको महोत्सवमा सहभागी हुनेको संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको अवधि एक साता थप गरिएको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।

महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुले आफ्नो कलाको बेजोड प्रस्तुति दिँदै आएका छन् ।

महोत्सवमा स्थानीय सिपबाट उत्पादन भएका हस्तकला तथा कृषि औजारको प्रदर्शनीका साथै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, समेत समावेश गरिएको छ ।

साथै दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी समावेश गरिएको छ ।

महोत्सवका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भैरहेको छ भने, सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टलहरुसमेत राखिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष  उदासले जानकारी दिए ।

हेर्नुहाेस् फाइल भिडियो ..

प्रतिक्रिया