February 25, 2025, 7:43 am
» आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित » शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान » भाषाविद् चूडामणि गौतमको निधन » प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै

फोटो पत्रकार केसीको निधन

कार्तिक १७, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं : फोटो पत्रकार रजेन्द्र केसीको निधन भएको छ। Metastatic Malignant Pancreatic Cancer पीडित रहेका उनको उपचारकको क्रममा शनिबार अमेरिकामा निधन भएको हो।

फोटो पत्रकार क्लबको पूर्व कोषाध्यक्षसमेत रहेका केसी राजधानी दैनिक, अन्नपूर्ण पोस्टलगायतका विभिन्न सञ्चारमाध्यमहरूमा करिब २ दशक फोटो पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय उनी परिवारसहित अमेरिका बस्दै आएका थिए।

फोटो पत्रकार क्लबले केसीको निधनले नेपाली फोटोपत्रकारिता क्षेत्रले एक जुझारू र उर्जाशील युवा फोटोपत्रकार गुमाएको बताएको छ। क्लबका महासचिव अमुल थापाले विज्ञप्ति जारी गरेर स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। केसीका श्रीमती र एक छोरी छन्।

प्रतिक्रिया