February 25, 2025, 9:41 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

परम्परागत मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्नु सबै नेपालीको कर्तव्य : प्रधानमन्त्री

कार्तिक १७, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन्। शनिबार भक्तपुरको थिमिमा नेपाल संवत् नयाँ वर्ष  ११४५ को अवसरमा शङ्खधर प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओली मुलुकभित्रको सास्ंकृतिक कला, संस्कृति र सम्पदाको सबै मिलेर जगेर्ना गर्नुपर्ने बताए।  उनले पाठ्यक्रममा ऐच्छिक विषयको रुपमा नेपाल भाषालाई समावेश गर्न आवश्यक प्रबन्ध गर्ने धारणा राखे।

शंखधर साख्वाको कामले सुरु भएको नेपाल सम्वतलाई आगामी दिनमा पनि ऐतिहासिक रुपमा मनाइने उनले बताए। तत्कालिन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरिब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्हरुको भनाइ छ । वि.सं. ९३७ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्वत‍को थालनी गरेको बताइन्छ।

प्रतिक्रिया