January 14, 2025, 11:52 am
» पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली » ब्राजिलले बिधालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने » विपिन जोशीको रिहाइमा पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह » चैत ७ गते देखि एसएई » ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत !

शिक्षासेवी शर्माको निधन, भोलि अन्त्येष्टि गरिने

कार्तिक १६, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

काठमाडौँ, : शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा देवराज अर्यालले जानकारी दिनुभयो ।

उहाँको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा क्यानडामा रहनुभएको र उहाँ आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो । हाल उहाँको शव अस्पतालमै राखिएको छ ।

प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गर्नुभएका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताउनुभयो ।

उहाँको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गर्नुभएको थियो । यसैगरी प्रा शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गर्नुभएको थियो ।

उहाँ नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत हुनुहुन्थ्यो । उहाँले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गर्नुभयो भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार हुनुभएको थियो । शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत हुनुभएको थियो ।

प्रतिक्रिया