December 27, 2024, 5:27 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

चाडपर्व र सरकारको भुमिका

कार्तिक १६, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं । चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथि,मिति अनुसार विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ ।

हाम्रा चाडपर्व र हाम्रो जीवनशैलीको प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । हामीले चाडबाडहरु जसरी मनाउँछौँ उसैगरी हाम्रो जीवन चलेको हुन्छ । चाडपर्वलाई आ आफ्नो गच्छे अनुसार मनाउनु पर्छ ।

चाडपर्वले धर्म संस्कृतिलाई ऐक्यबद्ध

चाडपर्वकै अवसरमा हुने मेलापातमा धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । त्यासैगरि जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचल तथा प्रथाहरू हुन् ।

चाडपर्व र जात्रामा सरकार थप चनाखो बन्नु पर्छ । भुमिका चाडपर्वले धर्म संस्कृतिलाई ऐक्यबद्धता गर्दछ, भाइचारा बढाउँछ । जनमानसमा एउटा उमंग ल्याउने गर्दछ । चाडपर्वको समयमा नेपालमा खरिद, बिक्री, उपभोग र व्यापार पनि बढ्ने गर्दछ ।

नेपाली जनताले चाडपर्वलाई हर्षाेल्लासका साथ मनाउने गर्दछन र हरेक धर्म, जात तथा संस्कृतिका चाडपर्वको सम्मान पनि हुने गरेको छ । चाडपर्वले मुलुकलाई नै संठगित बनाएको हुन्छ ।

चाडपर्वमा सरकारको भुमिका

तर यस्ता महत्वपूर्ण चाडपर्वको व्यवस्थापनमा भने सरकार मौन र रमिते बन्ने गरेको छ । नेपाली जनताले जेनतेन महान चाड दशैं उम्काएका छन् । तर, आउँदै गरेको चाड तिहारको बेदना भने उस्तै छ । कालोबजारी ,चोरी,असुरक्षा र महंगी चाडपर्वकै समयमा बढ्ने गर्दछ ।

चाडपर्वका समयमा आवश्यक पर्ने उपभोग्य वस्तुहरुको कालोबजारी पनि हुने गरेको हुन्छ । सरकारले अनुगमनका नाममा झारा टार्ने काम गर्छ । वास्तवमा जनताले सास्ती भोगिरहेका हुन्छन् । यस्ता कार्यलाई पनि सरकारले निरुत्साहित पानुपर्छ ।

आउँदै गरेको नेपालीहरुको अर्काे चाड तिहारको व्यवस्थापनका विषयमा सरकारले ठोस कदम चाल्न सकेको छैन । चाडपर्वका समयमा योजना बनाएर सरकारले काम अगाडि बढाउनुपर्ने हुन्छ । तिहारको समयमा जथाभावी पटका पड्काउने, रक्सी खाएर होहल्ला गर्ने, समय प्रतिकुल भइलो खेल्ने, जुवातास खेल्ने गरेको पाइन्छ । यसले प्रतिकुल प्रभाव पार्न सक्छ । पटका पड्काउने कार्यले आगलागि हुने, अंगभंग हुने जस्ता काम हुनसक्छन् । चाडपर्वमानसरकारको भुमिका उल्लेख्य हुनुपर्छ ।

त्यसैले यस्ता कार्यलाई निरुत्साहित गर्न सरकारले पहल गर्न सकेको छैन । जुवातास खेलेर धनसम्पत्ति सबै सकेको घटना पनि बाहिर आएका हुन्छन् । अवैद्य भित्रिने पटका, भुइचम्पाहरुको नियन्त्रण गर्न आवश्यक छ ।

दायरा र सीमा तोकेर सरकारले चाडपर्वको व्यवस्थापन गर्न आवश्यक देखिएको छ । चाडपर्वका समयमा धेरै घटनाहरु बाहिर आएका हुन्छन् । त्यसैले सरकार कानमा तेल हालेर होइन कि एउटा योजना बनाएर अगाडि बढ्नुपर्छ ।

नेपाली संस्कृति विश्वमै उत्कृष्ट 
नेपाली संस्कृति विश्वमै उत्कृष्ट मानिन्छ। यसका आफ्नै मौलिक गुण र विशेषता छन्। नेपालमा विभिन्न जातजाति, भाषाभाषी, भेषभूषा, धर्म, संस्कृति, प्रथा–परम्परा, रहनसहन, आचारविचार, गीत–नृत्य, साहित्य र कलाकौशल छन्।

नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। यहाँ अनेकतामा एकताको अलौकिक संगम देख्न पाइन्छ।

प्रतिक्रिया