February 25, 2025, 7:31 am
» शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान » भाषाविद् चूडामणि गौतमको निधन » प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो

माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कार्तिक १६, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

रामपुर– पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

बिहीबार साँझ माथागढीको खहरेबाट फेँदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले पैदलयात्री ढेँगालाई फेँदीमा ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका ढेँगालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइकोमा चिकित्सकले बिहीबार राति मृत घोषणा गरेको हो ।ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया