February 25, 2025, 7:11 am
» राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव

भरतपुर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

कार्तिक १६, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

चितवन– भरतपुर महानगरपालिका-२२ अम्रेलास्ट्रिट नजिकै गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

गएराति करिब १ बजेको समयमा बागमती प्रदेश ०२-०५१ प १०२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर-२२ बस्ने वर्ष ३१ को अशोक भुजेल गम्भिर घाईते भएका थिए ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति २ः१३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल धनी भने अर्कै व्यक्ति भएको खुलेको छ । मोटरसाइकल र मोटरसाइकल धनी भरतपुर-२२ बस्ने २२ वर्षीय सुदीप आले मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया