February 25, 2025, 9:45 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

हिरासतमा रहेका रविले भाइटीका नलगाउने

कार्तिक १६, २०८१ मा प्रकाशित | १३१०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो पटकको तिहारमा भाइटीका नलगाउने भएका छन् । सहकारीको रकम हिनामिना आरोपमा हिरासतमा रहेका लामिछानेले टिका नलगाउने रास्वपका नेता दीपक बोहोराले बताए । 

उनको एकजना दिदी बिरामी र अर्को दिदी कार्यव्यस्तताका कारणले गर्दा यसपटकलामिछानेले टीका नलाउने बोहोराले बताए ।

उनी कार्तिक २ गते सहकारीको रकम हिनामिना आरोपमा पार्टी कार्यालय चौमतीबाट पक्राउ परेका थिए। अहिले लामिछाने कास्की प्रहरी हिरासतमा छन्। 

लामिछानेको बयान बुधबार बेलुका नै सकिएको भएपनि बिदाका कारण उनलाई २० गते मात्र कास्की अदालत उपस्थित गराइने भएको छ ।

प्रतिक्रिया