September 19, 2024, 11:55 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने

अशोज ३, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएपछि यो सरकार ढल्ने टिप्पणी गरेका छन् ।

आज रास्वपाले आयोजना गरेको संविधान विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सो कुरा बताएका हुन् ।

उनले दुई तिहाइको सरकार भए पनि स्थिर हुन नसकेको बताए । संविधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र उसले विषय विज्ञताको आधारमा मन्त्रीहरु छान्न पाउने अधिकार रहे पनि त्यसको अंगिकार कुनै दलले नगरेको बताए ।

संविधानमा शासकीय सुधारमा हामीले प्रत्यक्ष प्रधानमन्त्रीको विषयमा हामीले बतायौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्रीले विज्ञताका आधारमा विषयविज्ञलाई मन्त्रीमण्डल राख्न पाउने भनेका छौं । हामीले सांसदहरू नीति निर्माता र विधायकीहरू मात्रै बन्न सकून् । संसद्मा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो,’ उनले भने, ‘अस्थिरता छ। अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन। मैले कस्तो हेडलाइन बन्छ भनेर भनेको होइन। तर हो कि होइन भन्नुस् त ?’

त्यस्तै उनले दुई तिहाईको सरकारले आफ्नो प्राथमिकता छुट्टयाउन नसकेको समेत बताए । अहिलेको सरकारसँग जनताको अपेक्षा ठुलो भए पनि सरकार सामान्य काममा भुलेर बसेको टिप्पणी गरे ।

दुई तिहाइको सरकार रहेका बेला सरकारमा आत्मबल, मन्त्रीहरुमा आत्मबल आउनुपर्नेमा त्यसो हुन नसकेको बरु प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्म अल्मलिएर बसेको बताए ।

‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो। प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरूमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएको मान्छे समाएको छ। त्यो चलखेल गर्ने उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन,’ उनले भने ।

प्रतिक्रिया