February 26, 2025, 7:42 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

भदौ २२, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस ‘रेड नोटिस’मा परिवर्तन गरिएको छ । तर, रेड नोटिस जारी भएपनि मलेसियाले उनलाई पक्राउ गरेर पठाइदिन आनाकानी गरेपछि पुनः इन्टरपोलमा पत्राचार गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्,‘नेपाल र मलेसियाको बिचमा भएका सन्धि–सम्झौताहरुसहित आवश्यक कागजातसहित पुनः पत्राचार गरिएको छ ।’

रेड नोटिस जारी भएसँगै इन्टरपोलले पक्राउ गरेर उनलाई डिपोर्ट गर्न सक्छ । तर, मलेसिया सरकारले उनलाई पक्राउ गर्न आनाकानी गरेको छ ।जीबीको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति रवि लामिछानेले पनि बिनाधितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवलस्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइला सहकारीबाट पनि आरोपीहरूले बचतकर्ताको निक्षेप हिनामिना गरेको भेटिएको छ । जीबीको समूहले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया