September 19, 2024, 1:15 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौंको नागिन खोलाले बालक बगायो, खोजी कार्य जारी

भदौ १८, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं– छाता टिप्न जाँदा मङ्गलबार साँझ काठमाडौंमा एक बालक खोलामा बगेर बेपत्ता भएका छन्‌ ।

विष्णुमतीको शाखा नागिन खोलाले बगाउँदा रसुवा उत्तरगया गाउँपालिका घर भई पुरानो गुहेश्वरीमा बसोबास रहेका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन्‌ ।

दिउँसोदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश खोलाको सतह यतिखेर निकै बढेको छ । नागिन खोलाको सतह पनि सडक नजिक आइपुगेको थियो ।

छाता खसेपछि टिप्न खोज्दा विमललाई बगाएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया