February 24, 2025, 9:38 am
» राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

सहकारी ठगी प्रकरणमा बयान दिनेले गरे आरोप अस्विकार ! पिडितले न्याय कहिले पाउने ?

भदौ ९, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं । पुर्व उपप्रधान एबं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको बताए ।

भरतपुर विमास्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको  तर्क राखे ।  संसदीय छानबिन समितिको सोधपुछमा बसेर बयान दिएका लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बदनाम गर्न खोजिएको उल्लेख गरे ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिद्वारा अनुसन्धान जारी गरिरहेको अबस्थामा छानबिनका क्रममा रहेका उने आफ्नै ढंगबाट स्पष्टिकरण पेस गरे ।

त्यसो त सोधपुछका क्रममा धेरैले आरोप स्वीकार गरेकाछैनन् । सहकारीको रकमा दुरुपयोग गर्ने जो कोहीले सजाय पाउनु पर्ने आवाज चर्किएको छ । तर सहकारी पिडितले पैसा फिर्ता कहिले पाउने उत्तिकै अन्योल रहेको छ ।

कागजपत्र छानबिन समितिलाई बुझाएको  संसदीय छानबिन समितिले देशभरका सहकारीमा भएको अनियमितताबारे अनुसन्धान गरिरहेको छ । समितिमा विभिन्न व्यक्तिलाई बोलाएर बयान लिने क्रम पनि जारी रहेको छ ।

सहकारी ठगी आरोपमा कारागार चलान भएकाहरूलाई समेत समितिमा बोलाएर बयान लिइँदै छ ।

पछिल्लो समय ठूलो सहकारी घोटालाको नाइके भनिएको गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राई अझै भेटिएका छैनन् । मलेसियामा रहेको भनिएका राईलाई नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन ।

गोर्खा मिडिया प्रालिका साझेदारभनिएका पूर्व गृहमन्त्रीलाई रवि लामिछानेलाई यो मुद्दा टाउको दुखाइको विषय बन्दै गएको छ ।

लामिछाने मात्रै होइन उनकै पार्टीका सहमहामन्त्री विपिन आचार्यको खातामा समेत १२ करोडको ट्रान्जेक्सन देखिएको समिति सदस्य एवं सांसद लेखनाथ दाहाल राजनको भनाइ रहेको छ ।

विभिन्न विज्ञहरूको टोलीले सूक्ष्म अनुसन्धान गरिरहे पनि आरोपी स्वीकार गर्न तयार नरहेको उहाँको भनाइ छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् ।
समिति सूर्य थापाले कसैलाई फसाउन र उम्काउन समिति नबनेको भन्दै निष्पक्ष छानबिनमा आफूहरू लागेको बताए ।

लामिछानेले जीबी  राईलाई आफूले पक्राउ गर्नै लाग्दा केही व्यक्तिले भगाएको भन्दै उनी मलेसियामै रहेकाले सरकारले ल्याउन सक्ने बताए ।

समितिका सभापति थापाले सोधपुछका सवाल जवाफहरू अहिले गोप्य नै रहने भन्दै लामिछानेले आफूमाथिका आरोप भने अस्वीकार गरेको बताए ।

प्रतिक्रिया