February 25, 2025, 1:36 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

भदौ ७, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

काठमाडौं,  : बैतडी, पाटन नगरपालिका-४ मोहनपुरस्थित अन्नपुर्ण होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश सिंह बिष्ट समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो

डडेल्धुरा,अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने खडक बहादुर देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा खडक बहादुर समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ३ सय ५५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया