February 25, 2025, 11:02 am
» प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन » बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी, रस्साकस्सी मच्चियो

भदौ ६, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी गरिरहेको छ ।

केहि जिल्ला प्रमुख एसपी,डिएसपी सहित इन्सपेक्टरहरु समेत सरुवा हुने भएपछि रस्साकस्सी मच्चिएको हो । कार्य अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको सरुवा हुने खबरसँगै शक्ती केन्द्र धाउने होडबाजी पनि मच्चिएको छ ।

एसपी प्रमुख रहेका कास्की, दाङ,मकवानपुर,डोटी,सुनसरी, कपिलवस्तु, सप्तरीमा जान चर्को प्रतिस्पर्धा चलेको छ । कतिपय जिल्लामा एसपीहरु समेत कमाउ धन्दामा तल्लिन भएकाले अन्य जिल्ला प्रमुखहरु समेत सरुवा हुने संभावना बढेको छ ।

त्यसैगरि डिएसपी प्रमुख रहने जिल्लामा पनि उस्तै दौड चलेको छ । डिएसपी सरुवामा विभिन्न जिल्ला सहित उपत्यकाका वृत्त र इप्रकाहरु रहेकाछन् ।

डिएसपीसँगै इन्सपेक्टरहरु पनि सरुवा हुने भने पनि शक्ती केन्द्र मार्फत प्रहरी हेडक्वाटर नक्सालमा दबाब दिने क्रम बढेको हो ।

काठमाडौंका केहि वृत्त इन्चार्ज सहित डिएसपी प्रमुख रहने संखुवासभा, खोटाङ, अर्घाखाची,कालिकोट,मुगु,प्यूठान, पर्वत,मुस्ताङ,जुम्ला,दार्चुला,बैतडी,डडेलधुरा,बाजुरा लगायत जिल्ला प्रमुखहरु सरुवा हुने सुचीमा रहेकाछन् ।

प्रतिक्रिया