September 19, 2024, 9:48 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

पहिरोमा परेर चार जनाको मृत्यु

साउन २२, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ ।

मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी सोही स्थानका ३१ वर्षीय बिष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाईते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया