March 12, 2025, 9:04 am
» नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य » माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको सुनुवाई जारी » नेपालमा उच्च वायु प्रदूषण » हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु » सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति कांग्रेस सांसदको आपत्ति

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

फाल्गुन २७, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौँ । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवताविरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलमा प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको हो ।
सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सको राष्ट्रपति रहँदा डुटेर्टेले लागूऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौंको मृत्यु भएको थियो ।
यसअघि, आफ्नो सम्भावित गिरफ्तारीको बारेमा, उनले आफू जेल जान तयार रहेको बताएका थिए । फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले गिरफ्तारीलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।

प्रतिक्रिया