March 10, 2025, 3:28 pm
» राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव » राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन- प्रचण्ड » काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी » हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य » निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्- प्रधानमन्त्री ओली

आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

फाल्गुन २६, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

जाजरकोट – जाजरकोटमा आगलागी हुँदा जलेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कुशे गाउँपालिका-८ ग्राक्लीका अमर रोकाया रहेका छन्। आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका छोरा अमरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया