March 4, 2025, 5:12 pm
» अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै » हेटौंडामा राप्रपाको मोटरसाइकल र्‍याली » नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन » हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार » ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल

फाल्गुन २०, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन्।

मंगलबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दाबी गरे।

उनले भने, ‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ। त्यसलाई कसैले अवरोध गरेको छैन। अवरोध नभएको वेलामा अध्यादेश ल्याउन आवश्यक छैन। हाम्रो पार्टी र संसदीय दलले यो अध्यादेशलाई समर्थन गरेको छैन्।’

उनले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन्। उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप पनि लगाए।

सरकारको दल विभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन्।

खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए। उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे।

उनले सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफ्नो घरमा नागपंचमीको दिन नागको फोटो टाँसेसरह भएको टिप्पणी गर्दै त्यसको कार्यान्वयनमा सरकार असफल भएको दावी गरे।

प्रतिक्रिया