March 4, 2025, 4:54 pm
» नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन » हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार » ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन » आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ » संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

कार्यव्यवस्था समितिको बैठक जारी

फाल्गुन २०, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था समितिको बैठक जारी रहेको छ ।
सिंहदरबारस्थित कानुन समितिको हलमा जारी बैठकमा प्रतिनिधिसभाको बुधबारको बैठकका लागि कार्यसूची बारे छलफल भइरहेको छ ।
बुधबारको बैठकमा सरकारले यस अघि जारी गरेका पाँच अध्यादेश पेश गर्दै छ । सत्तारुढ दलकै विरोधका कारण सरकारले संसदको यस अधिवेशनको पहिलो बैठकबाटै स्वीकृत गराउने भनेका अध्यादेश अहिलेसम्म ल्याएको थिएन । सोमबार बसेको सत्ता पक्षका दलहरुको बैठकले भुमीसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश संसदबाट स्वीकृत गराउन सहमति गरेका थिए ।

प्रतिक्रिया