March 4, 2025, 3:43 am
» आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै » आजको मौसम: सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा » थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध » ग्यारेन्टी बिना युद्धविराम असफल हुनेछ : जेलेन्स्की » मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

फाल्गुन १९, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ ।
३३ वर्षीय शहजादी खान उत्तर प्रदेशकी भएको बताइएको छ । उनी संयुक्त अरब इमिरेट्सको एक घरमा घरेलु कामदारको रूपमा काम गर्दै थिइन् । उनी बच्चाको हेरचाह गर्ने क्रममा बच्चाको मृत्युको लागि शहजादीलाई जिम्मेवार ठहराइएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया