March 4, 2025, 6:37 am
» फूलखेतीबाट मनग्य आम्दानी » दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो ! » राष्ट्रिय आविष्कार केन्द्रले २३ लाखमा मर्मत गर्यो संघीय अस्पतालका उपकरण » वित्तीय सचेतना जारी गर्दै राष्ट्र बैंक: नाबालकको नाममा खाता खोल्न मिल्ने » यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

फाल्गुन २०, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं। काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ। पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ। थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन।

थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो। बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो। सडकसमेत अवरुद्ध भएको छ। पानी नजिकका घर र पसलहरुमा पसेको छ। त्यहाँ नजिक फार्मेसीहरू, रेस्टुरेन्टलगायत पसल पनि रहेका छन्।

कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ। यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो।

प्रतिक्रिया