March 3, 2025, 10:41 pm
» ग्यारेन्टी बिना युद्धविराम असफल हुनेछ : जेलेन्स्की » मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि » केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री देउवा » ओली अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति भण्डारी » युएईमा भारतीय महिलालाई मृत्युदण्ड

सालकको खपटासहित दुई नियन्त्रण

फाल्गुन १९, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौँ,  : प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका-२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका-६ का ३० वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो ।

तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया