March 3, 2025, 12:24 pm
» योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल » ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने » इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते » हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा » सालकको खपटासहित दुई नियन्त्रण

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

फाल्गुन १७, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ । कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबीलाइजेसन मिसन इन द डेमोक्रेटिक अफ कंगो मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरुको छैठौ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिति २०८१ फाल्गुण १६ गते मिसन इलाका प्रस्थान गरेको छ ।
मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुईवटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १,१४९ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

प्रतिक्रिया