March 3, 2025, 12:10 pm
» योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल » ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने » इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते » हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा » सालकको खपटासहित दुई नियन्त्रण

च्याम्पियन्स ट्रफी: इङल्याण्डले दक्षिण अफ्रिकालाई दियो १८० रनको लक्ष्य

फाल्गुन १७, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं । इङल्याण्डले दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ ।
जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको हो । इङल्याण्डका लागिजो रुटले सर्बाधिक ३७ रन बनाए भने जोफ्रा आर्चरले २५, बेन डकेटले २४, कप्तान जोस बटलरले २१ रन बनाएका थिए ।
त्यसैगरी दक्षिण अफ्रिकाका बलर माक्रो जानसेन र विआन मल्डरले ३-३ विकेट लिएका थिए भने केशव महाराजले २ तथा लुंगी एनगिडी र कगीसो रबाडाले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया