म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को गुइठेभिरबाट भक्तजन सवार इको भ्यान कालीगण्डकी नदीमा खसेको छ।
बेनी-जोमसोम-कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ को सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान कालीगण्डकी नदीमा खसेको हो।
दुर्घटनामा एक जनाको र तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ। दुर्घटनामा परी भ्यान चालक अन्नपूर्ण-४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनाका गम्भीर घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उपचारका लागि पोखरा अस्पतालमा पठाइएको प्रहरीले जनाएकोछ।
प्रतिक्रिया