February 26, 2025, 4:01 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध

फाल्गुन १४, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
जस्टिन ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एकसमा प्रतिबन्धको जानकारी गराउदै लेखेका छन्- ‘रूसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रूसले अवैध रूपमा जहाजहरू मार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ ।’
उनले भने, ‘मैले किभमा रहेका १०९ रूसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छु ।’ यसअघि प्रधानमन्त्री ट्रुडोले भनेका थिए- ‘स्थायी शान्तिको लडाई एक्लै जित्न सकिँदैन । त्यसैले हामी यहाँ (युक्रेन) छौं । मैले कीभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरें र भनें कि क्यानडा सधैं युक्रेनको साथमा उभिनेछ ।’
ट्रुडोले भनेका थिए- ‘मैले युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने बारेमा कुरा गरेको छु ।’

प्रतिक्रिया