February 25, 2025, 5:33 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

फाल्गुन १३, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल बर्षाले प्रभावित भएको छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुनुपर्न समुह बी अन्तर्गतको यो खेल खराब मौसमका कारण अहिलेसम्म टस हुन सकेको छैन ।
अहिलेसम्म टस हुननसकेपछि अब मौसममा सुधार भएर खेल भएपनि ओभर भने घट्ने भएको छ । अर्कोतर्फ खेल नभएर दुवैले अंक बाड्ने अवस्था आएमा यसले सेमिफाइनलको समीकरणलाई समेत प्रभाव पार्ने छ ।
जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो ।
हेड टू हेडको कुरागर्दा  अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ । जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन ।

प्रतिक्रिया