February 25, 2025, 3:59 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

फाल्गुन १३, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं,  । बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाबीच डिभोर्सको हल्लाले बलिउड तातेको छ । मंगलबार भारतीय केही सञ्चारमाध्यममा यी दुवैबीचको सम्बन्धलाई लिएर गसिप आएपछि सर्वत्र चासो बढेको हो ।
जीन्युजइन्डियाले गोविन्दा एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा रहेको भन्दै सोही कारण सुनिताले डिभोर्स लिन चाहेको समाचार उल्लेख गरेको छ । तर, ती मराठी अभिनेत्री को हुन् भन्ने नाम खुलाइएको छैन । गोविन्दा र सुनिताबीच ३७ वर्ष अगाडि विवाह भएको थियो । सुनिता नेपाली मूलकी हुन् ।
केही समयअघिदेखि नै सुनिताले मिडियामा आफू अलग्गै बस्दै आएको बताउँदै आएकी छन् । गोविन्दा खराब मानिसको संगतमा रहेकाले आफू छोराछोरी अलग्गै बसेको उनको भनाइ थियो । गोविन्दा भने यो अपार्टमेन्टको सामुन्ने भएको अर्को बंगलामा बस्ने उनको भनाइ थियो । दुवैको जीवनशैली पनि फरक छ । गोविन्दा १० जना मानिसहरूले घेरिएर बसेका हुने पनि उनले बताइन् । तर आफूलाई छोराछोरीको साथमा एक्लै बस्न मन पर्ने उनको भनाइ थियो ।
मिडियाले चलाएका डिभोर्सको अफवाहमा गोविन्दा र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया