February 25, 2025, 1:35 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

फाल्गुन १३, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौँ । भारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १२ विधायकहरूलाई दिनभरका लागि निष्कासित गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशीसहित १२ बिधायक निष्कानमा परेका हुन् ।
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारवाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।
हालै भएको निर्वाचनपछि आजदेखि विधानसभाको अधिवेसन शुरु भएको थियो । निष्कासनमा परेपछि आम आदमी पार्टीका विधयाकहरुले विधानसभा बाहिर धर्ना दिदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया