काठमाडौं, । भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।
उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक हुन् ।
भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता समेत रहेका उनी ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए ।
गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।
प्रतिक्रिया