February 25, 2025, 12:13 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका

फाल्गुन १३, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं,  । शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् ।
घाँटीमा समस्या देखिएकाले भट्टराई चार दिनदेखि अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ । भट्टराईलाई क्षयरोग भएको आशंका गरिएको छ ।
मन्त्री भट्टराईको उपचारमा संलग्न चिकित्सकका अनुसार क्षयरोगको आशंकामा थप परीक्षण भइरहेको छ । मंगलबार बिहान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिनयता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।

प्रतिक्रिया