सोमबार उनीहरू वालिङ्मा बसेका हुन्। स्याङ्जामा पूर्वराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत भएको थियो ।
कालीगण्डकी गाउँपालिका -३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ।
मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ।
वालिङमा समेत स्वागत गर्दै समर्थकहरूले ‘राजा आउ देश बचाउ’भन्दै नारा लगाएका थिए।
प्रतिक्रिया