February 25, 2025, 11:40 am
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल

फाल्गुन १३, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

रियाद, । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अबको केही दिनमा नै सुरु हुँदैछ ।
विश्वभरका मुस्लिम समुदाय तथा इस्लाम धर्मालम्बीहरू यसको तयारीमा व्यस्त छन्। यो महिनालाई पूजाको महिना भनिए पनि धेरै व्यवसायका लागि भने यो नाफाको महिना पनि हो ।
रमजानको ३० दिनको व्रतमा खजूरलाई विशेष फल मानिन्छ । रमजानमा सबैभन्दा बढी बिक्री हुने वस्तुहरूमा खजुर शीर्ष स्थानमा आउँछन्। साउदी अरेबिया तेल मात्र बिक्री गर्दैन । खासमा साउदी खजूरको सबैभन्दा ठूलो उत्पादक देश पनि हो।
साउदी अरेबियाको खजूर विश्वभर निकासी हुने गरेको छ र रमजानमा यसको खरिद धेरै गुणा बढ्ने गरेको छ। समाचार अनुसार साउदी अरेबियाले रमजानमा मात्रै ७० प्रतिशत खजूर निर्यात गर्छ ।
साउदी अरेबियाको वातावरण, पानी तथा कृषि मन्त्रालयले साउदी अरबबाट खजूरको निर्यात अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ५.४ प्रतिशतले बढेर १ अर्ब २८ करोड साउदी रियाल अर्थात ३४ करोड अमेरिकी डलर पुगेको जनाएको छ ।
तथ्याङ्कले देखाउँछ कि साउदीले ३०० भन्दा बढी प्रकारका खजूरहरू निर्यात गरिरहेको छ । अन्तर्राष्ट्रिय ट्रेड सेन्टरका अनुसार १२० देशहरूमा मूल्यको हिसाबले पहिलो स्थानमा छ।
साउदी अरेबियाले अन्य देशमा खजूर बेच्ने मात्र होइन, रमजानको अवसरमा उपहार पनि दिने गरेको छ । यो वर्ष साउदी अरेबिया सरकारले विश्वका १०२ देशमा सात सय टन खजूर उपहार स्वरुप पठाइसकेको छ । यी उपहारहरू साउदीका राजा सलमानले पठाएका हुन्।
यो उपहार पठाएको पहिलो पटक होइन, साउदी अरबले हरेक वर्ष यस्तो गर्छ, यो परम्परा यस वर्ष पनि जारी राखिएको छ । यो वर्ष गत वर्षको तुलनामा दुई सय टन बढी अर्थात् ७ सय टन खजुर अन्य देशमा उपहार पठाइने भएको छ । यो कार्यक्रम साउदीको इस्लामिक मामिला मन्त्रालयले पर्यवेक्षण गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया