February 24, 2025, 8:20 am
» सालकको खपेटा सहित चार जना पक्राउ » नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु » कुलमानको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर के गल्ति गरे ? » चिनको चमेरोमा भेटीयो कोरोनाको नयाँ भाइरस, हुन सक्छ खतरा ! » संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ- प्रचण्ड

प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

फाल्गुन १२, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईं ले जरूरी सार्बजनिक महत्वक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया