February 22, 2025, 6:08 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

अमेरिकाबाट थप दुई नेपाली निष्कासित

फाल्गुन ९, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं : अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।

नेपाल फर्काइनेमा केसी र बुढाथोकी थरीका दुई व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। कानुन विपरीत अमेरिकामा बस्दै आएका उनीहरूलाई यसै साता फर्काइएको हो।

यसअघि यसै साता अन्य दुई जनालाई पनि निष्कासन गरिएको थियो। अमेरिकाले गैर कानुनीरूपमा बस्दै आएका जैसवाल र कार्की थरीका व्यक्तिलाई निष्कासन गरेको थियो।गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। भारतलगायत केही देशमा अमेरिकी सैन्य जहाजबाट नै आप्रवासीहरूलाई फिर्ता पठाइएको थियो।

प्रतिक्रिया