February 23, 2025, 2:52 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

रोलरको ठक्करबाट कालिमाटीमा एक जनाको मृत्यु, फरार चालक पक्राउ

फाल्गुन ९, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौं महानगरपालिका-१३ पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरुङ रहेका छन्।
निर्माणाधीन पिच सडक पेल्ने रोलरले शुक्रबार बिहान राति १ बजे गुरुङलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि चालक मकवानपुर थाहा नगरपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्यूचाटार बस्दै आएका १८ वर्षीय उमेश स्याङताङ पक्राउ परेका छन्।
दुर्घटना गराएर फरार भएका उनलाई स्यूचाटारबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
स्याङताङलाई प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया