February 23, 2025, 3:21 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

‘माग्ने बुढा’को जोडी अस्ट्रेलियाको ‘फिन कनेक्स फाइनान्सियल’को ब्राण्ड एम्बेस्डर

फाल्गुन ९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं – कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र उनकी श्रीमतीसमेत रहेकी कलाकार सीतादेवी तिमल्सेना ‘चन्द्रमुखी’ अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्राण्ड ऐम्बेस्डर बनेका छन् । कम्पनीले यो जोडीले यसै साता ब्राण्ड ऐम्बेस्डरका रूपमा नियुक्त गरेको हो ।

यो कम्पनी केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा छ । यस कम्पनीले विगत ६ वर्षदेखि होम लोन, बिजनेश लोन, कर्मसियल लोन,इन्भेटमेन्ट लोन,एसएमएसएफ लोनलगायतका सेवा दिँदै आएको छ ।

कम्पनीका प्रमुख विष्णुप्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा आफू खुशी रहेको बताएका छन् ।

अर्यालका अनुसार यस कम्पनीमा धेरै नेपालीहरूले सेवा लिएका छन् । अस्ट्रेलियाका ४० भन्दा बढी संस्थासँग आबद्ध भएर यस संस्थाले सेवा प्रवाह गर्दै आएको उनको दाबी छ ।

उनी भन्छन्, ‘अष्ट्रेलियामा पीआर हात पर्नासाथ घर किन्ने धेरैको सपनालाईमा हाम्रो कम्पनीले साथ दिएको छ । त्यसमा नेपालीहरुले पनि सेवा लिनुभएको छ ।’

अस्ट्रेलिया नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा विदेशमा रहेको नेपालीहरूकै सस्थासँग जोडिन पाएकोमा कलाकार केदार घिमिरे खुसी साटेका छन् ।

कलाकार दम्पतीले अब कम्पनीको प्रचार-प्रसारमा जोडिनेछन् । कम्पनीले अस्ट्रेलिया आयोजना गर्ने कार्यक्रममा पनि यो जोडीले सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया