February 22, 2025, 10:39 am
» नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि » विवाह बन्धनमा बाधिइन् अभिनेत्री नरगिस » देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव » कतारमा सडक दुर्घटनामा परी झविन्द्र आचार्यको मृत्यु » हमासले इजरायललाई पठायो नयाँ, शिरी बिबासको भएको दाबी

केबलकारको लफडाले फेरि झडप, एक दर्जन घाइते

फाल्गुन ८, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

ताप्लेजुङको पाथीभरा ‘मुकुम्लुङ’ मा केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप भएको छ । आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो ।

झडपमा परी १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार नेपाली प्रहरीका ६, सशस्त्र प्रहरी बल, नेपालका पाँच, एक आन्दोलनकारी र एक चालक घाइते भएका छन् ।

त्यसैगरी, घाइते लिन गएको एउटा गाडीमा तोडफोड गरिएको उनले जानकारी दिइन् । आज दिँउसो भएको आन्दोलन उग्र बनेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । तैपनि, आन्दोलन शान्त नभएपछि प्रहरीले अश्रुग्याँस प्रहार र लाठी चार्ज गरेको हो ।

‘निर्माणस्थलको १५० मीटर वर घटना भएको हो । अहिलेपनि आन्दोलन जारी छ । यसविषयमा छलफल गर्न सुरक्षा समितिको बैठक राखिएको छ’,उनले भनिन् ।

प्रतिक्रिया