February 23, 2025, 3:31 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

कर्णालीमा ९५ प्रतिशत किशोरीमा एचपीभी खोप लगाइयो

फाल्गुन ८, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

सुर्खेत– कर्णाली प्रदेशमा ९५ प्रतिशत किशोरीमा क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा किशोरीलाई क्यान्सर विरुद्धको एभपीभी खोप लगाइएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रबिन खड्का अनुसार सबैभन्दा बढी जाजरकोटमा १०५ प्रतिशत, सुर्खेतमा १०३ प्रतिशत, रुकुमपश्चिममा ९७ प्रतिशत, दैलेखमा ९७ प्रतिशत, सल्यान ९४ प्रतिशत, मुगुमा ९४ प्रतिशत,  कालिकोटका ९२ प्रतिशत र जुम्ला जिल्लामा ९६ प्रतिशत किशोरीलाई क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका एक लाख २० हजार ५१० जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइने योजना थियो ।

कर्णालीका १० दश जिल्लामध्ये जुम्लाका आठ हजार आठ सय २९ जना, मुगुका चार हजार ३७९ जना, डोल्पा दुई हजार ६४१ जना, हुम्लाका तीन हजार ७३६ जना, कालिकोट ११ हजार ९२३ जना, रुकुमपश्चिम १२ हजार १०६ जना, सल्यानमा १४ हजार ५१३ जना, सुर्खेत २८ हजार ३४० जना, जाजरकोट १५ हजार ९५२ जना र दैलेखमा १८ हजार ९१ जना किशोरीसहित कुल १ लाख २० हजार ५१० जना किशोरी खोप लगाउने योजना रहेको थियो ।

हुम्ला र डोल्पा जिल्लामा किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप चैत्र र वैशाख महिनामा सञ्चालन हुने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. खड्काले बताए । हिमाली जिल्लाका विद्यालयमा जाडो बिदा भएको कारणले चैत्र र वैशाख महिनामा खोप लगाउने योजना रहेको छ,’ उनले भने, ‘कर्णालीका अन्य आठ जिल्लाका किशोरीलाई एचपीभी खोप दिइएको हो ।’

प्रतिक्रिया