February 23, 2025, 3:26 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुदुरपश्चिम प्रदेशमा ४ वटै समितिका सभापति निर्बिरोध निर्वाचित

फाल्गुन ४, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

कैलाली,  । सुदूरपश्चिम प्रदेश सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।

जसअनुसार विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिमा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल निर्विरोध निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।

प्रदेश सभाका ४ वटा समितिको सभापतिमा सत्तारूढ कांग्रेस,  एमाले, नाउपा तथा प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनोनयन दर्ता गरेका थिए। जसअनुसार प्रत्येक समितिमा १ जनाको मात्र उम्मेदवारी परेको थियो ।

जसअनुसार आइतबार चारै सभापतिलाई निर्वाचित घोषणा गरिएको र उनीहरुले आजै सपथ ग्रहणसमेत गरिसकेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रतिक्रिया