February 23, 2025, 3:01 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो

फाल्गुन २, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं । केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बिहीबार प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार चार सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ६५ रुपैयाँ थियो।
गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो। त्यसबेला सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

प्रतिक्रिया