February 23, 2025, 3:17 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

प्रतितोला दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

फाल्गुन १, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौँ, । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजार तीन सयले बढेको हो ।

त्यस्तै आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ६५ तोकिएको महासङ्घले जनाएको छ । चाँदी अघिल्लो दिन प्रतितोला रु एक हजार नौ सय तीसमा कारोबार भएको थियो ।

हाल अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस दुई हजार नौ सय २१ अमेरिकन डलर आसपारमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने घटबढका कारण यहाँको बजारमूल्य प्रभावित हुने गरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया